प्रधानमन्त्री शाहको सीमा सम्बन्धि गलत अभिव्यक्ति सच्याउन सभामुखले अझै रूलिङ नगरेकोप्रति नेकपाको आपत्ति

10 Shares

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धि अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बाेल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । प्रधानमन्त्री शाहले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उहाँले आफैले संसदमा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि स्पष्ट पार्नुभएकाे छ । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको समेत जिकिर गर्नुभयो ।

सांसद शर्माले सरकार संसदप्रति उत्तरदायी नभएको गुनासो गर्नुभएकाे छ।