रूपन्देही । सामाजिक सञ्जालमा खुकुरी देखाउँदै युवतीलाई कुटपिट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् ।
एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीका अनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरबाटै विभिन्न प्रकारका लागुऔषधका ट्याब्लेटसहित पक्राउ गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तथा पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए ।
उनीविरूद्व ३–४ प्रकृतिका मुद्दा आकर्षण हुने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया