नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा, काे-कहाँ ? (नामावलीसहित)

111 Shares

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।

गृहमन्त्री सुधन गुरुङ को निर्णयअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालय, गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा ओम रानालाई प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

सरुवाको निर्णय शुक्रबार गरिएको हो।