संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पानि बस्दै (कार्यसूचीसहित)

128 Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभा दुवै सदनको बैठक शुक्रबार पनि बस्दै छ ।

प्रतिनिधिसभाकाे शुक्रबार बिहान ११ बजेदेखि शुरु हुने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नम्बर ८१ पेश गर्ने कार्यसूची रहेकाे हाे । मन्त्री कुमारीले नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पनि पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएकाे छ ।

साथै राष्ट्रियसभाको बैठक पनि शुक्रबार सवाँ १ बजेर बस्ने सचिवालयले जनाएकाे छ ।