देशका चार प्रदेशमा आज मध्यम वर्षा र हिमपात हुँदै

16 Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

साेमबार बिहान देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लागेको हाे। कोशी र गण्डकी प्रदेशकाकेही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, सोमबार दिउँसो भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली तथा पहाडी र बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहने छ। 

कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली तथा पहाडी र बाँकी हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको हाे । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ। 

त्यसैगरी साेमबार राति भने कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईमा मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको पहाडी तथा हिमाली केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना समेत रहेकाे महाशाखाले जनाएकाे हाे ।