काठमाडाैं । नेपाल प्रहरीले टिकटकर तुलसा अधिकारीलाई पक्राउ गरेकाे छ।
इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरेको हो । अधिकारीलाई पक्राउ गरी थाइल्याण्डबाट शनिबार राति काठमाडाैं ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ । अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
टिकटकर अधिकारी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । तुलसा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीविरुद्ध ललितपुरका एक जना व्यवसायीले उजुरी दिएका थिए ।
अधिकारीलाई अब थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया