लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री

11 Shares

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थितरता कायम र नीतिगत स्थिरता दिन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

उनले नेपाल भ्रमणका रहेका युरोपेली मुलुकको उच्चस्थतरीय प्रतिनिधिमण्डलसँग मंगलबार भेट गर्दै नयाँ भए पनि विगतका कुराहरूबाट पूर्ण अलग नहुने बताए ।

नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,’ प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको धारणा पनि राखे ।