33
Shares
काठमाडाैं । यहि जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेकाे छ ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जनाएकाे हाे ।
गृह प्रवक्ता आनन्द काफ्लेले राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिनुभयाे ।
जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा नै रहेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया