देशका-६ प्रदेशका अधिकांश भू-भागमा मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा र हिमपात हुँदै

132 Shares

काठमाडौं । माैसम पूर्वानुमान महाहाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ ।

जसको प्रभाव रहँदा बिहीबार बिहान देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । मधेश, बागमती, गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै बाँकी तराई भू–भागमा भने मुख्यतया सफा रहने भएकाे हाे ।

कोशी, बागमती, गण्डकी, मधेश लुम्बिनी, कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानहरूमा मध्यमसम्मकाे वर्षा-हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको हाे।

त्यसैगरी, बिहीबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्ने भएकाे छ। मधेश, बागमती, गण्डकीको तराई र बाँकी प्रदेशकाे पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी तराई भू–भागमा भने मुख्यतया सफा रहने भएकाे छ ।

साथै कोशी, बागमती, गण्डकी र मधेश प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।