भारतको उत्तर प्रदेशमा आँधी र वर्षाका कारण ज्यान गुमाउनेकाे संख्या १०० सय नाघ्यो, दर्जनौं घाइते

15 Shares

एजेन्सी । भारतको उत्तर प्रदेशमा बुधबार राति आएको ठूलो आँधी र वर्षाका कारण मृत्यु हुनेको संख्या एक सय ४ जना पुगेको छ ।

आँधीमा परी दर्जनौ मानिस घाइते भएका हुन् । प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा सबै भन्दा बढी क्षति भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू र बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका हुन् । अधिकांश ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर भएको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ । आँधीका कारण मानिसका साथै पशु चौपायाको पनि ठूलो क्षति भएको हाे । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभयाे ।

आँधीका कारण अधिकांश ठाउँमा विद्युत सेवा अवरुद्ध भएको हुनुका साथै राहत तथा उद्धार कार्य जारी रहेकाे छ ।