काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।
निर्वाचनसम्बन्धि कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि आयोगले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग मङ्गलवार छलफल सुरु गरेको हो ।
सात वटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो । उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो । तर संसद् विघटनपछि गृहले पुनः आयोगमा नै फर्काएको थियो ।
आयोगले मस्यौदामा सुझाव दिन यही वैशाख १५ गते दलहरूलाई पत्राचार गरेको थियो । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय गरिएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका पार्टीका प्रतिनिधिहरू सहभागी भएका छन् ।
यता आयोगको तर्फबाट कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरूसहितको उपस्थिति रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया