संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले दल विधानअनुसार अर्याललाई उपनेतामा मनोनीत गरेका हुन् ।
एमालेका प्रमुख सचेतक ऐन महरले पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको जानकारी दिए । उनका अनुसार संसदीय दलको विधानमा दल नेताले उपनेता तोक्ने व्यवस्था रहेकाले सोहीअनुसार नियुक्ति गरिएको हो ।
यसअघि एमालेले प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निता घतानीलाई जिम्मेवारी दिएको थियो ।
प्रतिनिधि सभामा एमालेका २५ जना सांसद रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया