सेबोन अध्यक्ष सिफारिस समितिबाट डा. गुणाकर भट्टको राजीनामा

11 Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।

उनका नातेदारहरूको पनि बोर्ड अध्यक्ष पदका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।

सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिले आवेदन संकलन गर्ने काम सम्पन्न गरिसकेको छ । अब बाँकी प्रक्रिया पूरा गरी अध्यक्ष पदका लागि उम्मेदवार छनोट तथा सिफारिस गर्न सरकारले अर्को व्यक्तिलाई संयोजक नियुक्त गर्ने बताइएको छ ।