मन्त्रिपरिषदको बैठक आज बस्दै

39 Shares

काठमाडाैं । मन्त्रिपरिषदको बैठक साेमबार बिहान साढे १० बजे बस्दैछ ।

साेही बैठकमा मन्त्रालय मर्ज तथा खारेज सम्बन्धी खाकाकाे बारेमा छलफल हुने भएकाे हाे । सरकारले केही मन्त्रालय खारेज गर्दैछ भने केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले हालका चार मन्त्रालय खारेज हुने ६ वटा मन्त्रालयको नाम नयाँ फेरिने जनाएकाे हाे ।

 

केहीलाई भने हाल रहेका मन्त्रालयबाट छुट्टाएर प्रधानमन्त्री मातहत नै राख्ने तयारी गरिएको छ । मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव गरेको छ ।

सोही प्रस्तावमा टेकेर सरकारले यस्तो तयारी गरेको स्रोतले जनाएकाे हाे ।