काठमाडौं । गत २४ घण्टामा २ हजार १ सय ११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
जसबाट राज्यकोषमा ५ लाख ६५ हजार राजस्व दाखिला भएको हाे । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेको १ सय ९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय २२ जनालाई कारबाही गरेकाे जनाएकाे छ ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८६, निर्धारित स्थानमा यात्री चढाउने-ओराल्ने नियम उल्लङ्घनकर्ता ४२ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय ६० जनालाई कारबाही गरिएकाे प्रहरीले बताएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया