11
Shares
काठमाडौं । सरकारले नेफस्कुन लगायत सहकारी संघलाई बचत तथा ऋणको कारोबारमा रोक लगाएको छ । सरकारले अध्यायदेश मार्फत सहकारी ऐनको संशोधन गर्दै संघहरूलाई आगामी ३ वर्षभित्र कारोबार बन्द गर्नु पर्ने व्यवस्था गरेको हो ।
‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन्,अध्यादेश मार्फत थप गरिएको छ ।
तर यो उपदफा प्रारम्भ हुँदाका बखत बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले यो उपदफा प्रारम्भ भएको मितिले तीन वर्षभित्र उक्त कारोबार बन्द गर्नु पर्ने व्यवस्था थप गरेको हो
फेसबुकबाट तपाईको प्रतिक्रिया