अध्यादेशको प्रभाव: त्रिवि पदाधिकारी राजीनामा दिने तयारीमा

10 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिने तयारीमा रहेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि यस्तो अवस्था आएको हो ।

उपकुलपति दीपक अर्यालका अनुसार पदाधिकारीहरूबीच यस विषयमा छलफल जारी छ । “हामी सल्लाह गर्दै छौँ, निर्णय गरिसकेका छैनौँ,” उनले भने ।

त्रिवि स्रोतका अनुसार उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले पनि राजीनामा दिने तयारी गरेका छन् ।

सरकारले हालै ल्याएको अध्यादेशमार्फत विगतमा राजनीतिक रूपमा नियुक्त पदाधिकारीहरूलाई पदमुक्त गर्ने व्यवस्था प्रस्ताव गरेपछि शैक्षिक क्षेत्रसमेत यसको प्रभावमा परेको देखिएको छ ।