सुनकाेशी नदीमा बेपत्ता पुरुषकाे शव फेला

38 Shares

काठमाडाैं । सुनकाेशी नदीमा बेपत्ता पुरुषकाे शव फेला परेकाे छ ।

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ः०० बजे नदीमा बेपत्ता भएका थिए ।

स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । उनकाे शव पोस्टमार्टमकाे लागि अस्पताल लगिएकाे छ ।