काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) साेमबारदेखि ३७ वर्षमा प्रवेश गर्नुभएकाे छ।
२०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिनुभएका शाहको साेमबार आफ्नो जन्मदिन परेको हाे । साेही अवसरमा उहाँकी पत्नी सविना काफ्लेले साेमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएकाे छ।

बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। शाह २०८२ साल चैत १३ गते प्रधानमन्त्री बन्नुभएकाे हाे।
शाहले सरकारको नेतृत्व सम्हालेको यहि वैशाख १३ गते आइतबार एक महिना पूरा भइसकेको छ। उहाँको जन्मदिनको अवसरमा साेमबार बिहानैदेखि सामाजिक सञ्जालमा समर्थक, राजनीतिक सहकर्मी र सर्वसाधारणले शुभकामना दिइरहेका छन्। युवा प्रधानमन्त्रीबाट मुलुकले ठूलो परिवर्तनको अपेक्षा राखेको भन्दै अधिकांशले उहाँको सफल कार्यकालको कामना समेत दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया