कपिलवस्तुमा भीषण सवारी दुर्घटना: ट्रकमा जीप ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

50 Shares

कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार राति कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा रोकिराखेको ट्रकमा जीप ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा महाराजगञ्ज नगरपालिका–११ बनगाईका राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धर्मनगरका चिन्नी कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते नन्दप्रसाद दुबे, मोतिलाल कुर्मी र सुरेश कुर्मीको तौलिहवामा उपचार भइरहेको छ। यूपी–३२ सिए ८३४३ नम्बरको जीप लु १ ख ९५४९ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएको थियो।