थापाथली सुकुम्बासी बस्ती खाली गराउन डोजर तयारीमा, प्रहरीको माइकिङ जारी

41 Shares

काठमाडौं — काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहानदेखि डोजर परिचालनको तयारी गरिएको छ। बिहान करिब ८ बजेदेखि दुईवटा डोजर उक्त क्षेत्रमा ल्याइएको हो।

काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरीले ठूलो संख्यामा खटिएर बस्ती खाली गराउन माइकिङ गरिरहेको छ। प्रहरीले स्थानीय बासिन्दालाई शान्तिपूर्ण रूपमा आफ्ना सामान निकाल्न सहयोग गरिरहेको जनाएको छ।

हालसम्म डोजर प्रयोग गरेर संरचना हटाउने काम भने सुरु नभएको जनाइएको छ। बस्ती खाली गराउने प्रक्रिया जारी रहेको र स्थिति सामान्य राख्न सुरक्षा व्यवस्था कडा पारिएको छ।