बालेन सरकारविरूद्ध सुकुम्बासी बस्तीमा चर्काे नाराबाजीसहित प्रदर्शन

38 Shares

काठमाडाैं । सुकुम्बासी बस्ती खाली गराउने सरकारकाे निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ ।

उनीहरुले आफूहरुलाई न्याय दिनुपर्ने लगायतका माग राख्दै शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सुकुम्बासी आवासको हक सुनिश्चित गर, डोजर आतंक बन्द गर, यस्ता सरकार चाहिँदैन, आफूहरुलाई न्याय दे लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेको थिए ।

प्रदर्शनकारीहरुले निर्वाचन अघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर चलाए आफू नै छाति थाप्न जाने आश्वाशन दिनुभएकाे थियाे । प्रदर्शनकारीहरुले सोही आश्वासन स्मरण गराउँदै आफूहरुको बस्तीमा आउन सभापति लामिछानेलाई पनि आग्रह गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेका हुन् । सरकारविरुद्धको सोहि प्रदर्शनमा जेनजी अभियन्ताहरुको पनि सहभागिता रहेको छ ।