काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार भने प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे हाे। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार प्रतितोला पाँच हजार २० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी शुक्रबार तोलामा ४ हजार ९ सय ९५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला २५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार ६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया