काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको प्रसिद्ध रथयात्रा मंगलबारदेखि सुरु हुँदैछ ।
मंगलबार ललितपुरको पुल्चोकमा रहेको ३२ हात लामो रथ तानेर गाःबहाल पुर्याइनेछ । रथ तान्नुअघि गुरुज्यूको पल्टनले सलामी दिने र विभिन्न टोलका बाजागाजा समूहले रथको अघिपछि बसेर पुल्चोकदेखि गाःबहालसम्म लैजाने परम्परा रहेको छ ।
रथलाई विभिन्न स्थानमा पुर्याएपछि पूजा गरिन्छ भने स्थानीय बासिन्दाले जात्रा भोज खुवाउने चलन पनि छ ।
साइत अनुसार रथ तान्दै गाःबहालबाट मंगलबजार, सुनधारा र चक्रबहिल हुँदै लगनखेलको थटीटोलमा पुर्याइन्छ । त्यहाँ नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि पुनः साइत निकालेर जावलाखेल लगिन्छ ।
जावलाखेलमा भोटो जात्रा देखाएपछि सोही दिन रातो मच्छिन्द्रनाथलाई बुङमती लगेर राख्ने परम्परा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया