इराक बाहेक मध्यपूर्वका देशमा श्रम स्वीकृति खुला

37 Shares

काठमाडौँ । इराक बाहेक पश्चिम एशियाका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला गरिएको छ ।

वैदेशिक रोजगार विभागले सोमबार एक सूचना जारी गर्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको जनाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार बसेको मन्त्रिस्तरीय बैठकले गत फागुन १७ गतेदेखि अस्थायी रूपमा स्थगन गरिएको श्रम स्वीकृति पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार इराक बाहेक अन्य देशको हकमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत् अवस्थामा खुला गरिएको छ । इराकको हकमा भने गत मंसिर ११ गते भएको निर्णय अनुसार नै प्रक्रिया अघि बढ्नेछ ।

अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्व जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अस्थायी रूपमा रोकिएको थियो ।

सोही निर्णय अनुसार मंगलबारदेखि श्रम स्वीकृति जारी हुने भएको छ ।