चलचित्र पत्रकार संघ नेपालको नयाँ नेतृत्व चयन, समिर बलामी अध्यक्षमा विजयी

18 Shares

काठमाडौं — चलचित्र पत्रकार संघ नेपालको आज सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा समिर बलामी विजयी भएका छन्। उनले ९५ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी जीवन पराजुली (४२ मत) लाई पराजित गरेका हुन्। निर्वाचनमा कुल १४० मत खसेको थियो।
उपाध्यक्ष (संगठन) पदमा रघुनाथ सापकोटा ७३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नविन गिरिले ६२ मत प्राप्त गरे। उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भए।
त्यस्तै, उपाध्यक्ष (महिला) पदमा दिपज्योति थापा ७५ मतसहित विजयी हुँदा सुष्मा कार्कीले ६२ मत प्राप्त गरिन्।
महासचिव पदमा गोपी कृष्ण चापागाई ५४ मत ल्याउँदै विजयी भए भने मनिष कार्की ४४ मतसहित पराजित भए। सचिव पदमा मदन रिजाल ९४ मतसहित विजयी हुँदा सुरेन्द्र थापा मगरले ४५ मत पाए।
सचिव (समावेशी) पदमा महम्मद जालिम निर्विरोध निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा मनिष अन्जान ७४ मतसहित विजयी भए भने निशा बजगाई ६५ मतसहित निकटतम प्रतिस्पर्धी रहिन्। सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मत ल्याउँदै विजयी हुँदा भोला प्रणव सुवेदीले ४२ मत प्राप्त गरे।
यसैगरी, सदस्य पदमा सोजना विक लोहार, सुशिल नेपाल, दिनेश थापा, नविन चापागाई, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष बलामीसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।