दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर को नेपाल भ्रमण तय भएको छ।
उहाँ काठमाडौँ मा बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि नेपाल आउने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुने बताइएको छ।
कपुर अमेरिका बाट इस्तानबुल ट्रान्जिट हुँदै सिधै काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँ सोमबार नेपाल आउने र बुधबार फर्किने तालिका छ।
नेपाल बसाइका क्रममा उहाँले स्वर्णिम वाग्ले सँग सरकारको आर्थिक प्राथमिकताबारे छलफल गर्नेछन्। साथै एमसीसी (अमेरिकी सहयोग कार्यक्रम) सम्बन्धी विषयमा पनि परामर्श गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा अन्य भेटघाट र वार्ताका लागि विस्तृत कार्यतालिका तयार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया