त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १.२५ लिटर गाँजा तेलसहित अमेरिकी नागरिक पक्राउ

145 Shares

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट ४६ वर्षीय अमेरिकी नागरिक ओग्नियन पेट्रोभ पक्राउ परेका छन्।

उनलाई गाँजा/भाँगोको करिब १.२५ लिटर तेल बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। शुक्रबार Air India को एआई २१८ नम्बरको उडानमार्फत भारत जान लागेका बेला विमानस्थल सुरक्षा टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउपछि उनलाई थप अनुसन्धानका लागि लागूऔषध अनुसन्धान व्यूरो लाई जिम्मा लगाइएको छ।