45
Shares
एजेन्सी । अफगानिस्तानमा विगत १८ दिनसम्म आएको वर्षा र बाढीका कारण करिब २ सय जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले भारी वर्षा, हावाहुरी र विनाशकारी बाढीमा परी १ सय ८९ जनाको ज्यान लिएको जनाएकाे हाे । छ । साेही घटनामा परी ९ जना बेपत्ता र अन्य २ सय ५३ जना घाइते भएका छन् । आधिकारिक रेडियो र टेलिभिजन अफगानिस्तानले हाफिज मोहम्मद युसुफ हम्मादलाई उद्धृत गर्दै घटनाकाे बारेमा जानकारी दिनुभएको हो ।
वर्षा र बाढीका कारण कुल १ हजार ३ सय ३ घर ध्वस्त भएका छन् र ५ हजार ८ सय भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । अफगानिस्तानका मुख्य भागहरूमा मार्च २५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी देखिएको हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया