पश्चिम एशियाका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन्: प्रवक्ता पौडेल

157 Shares

काठमाडौँ — सरकारले पश्चिम एसियाका विभिन्न देशका विमानस्थलहरूमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको स्पष्ट पारेको छ।

सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार क्षेत्रीय तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरूका लागि सरकारले आवश्यक हवाई उडानको व्यवस्था मिलाइरहेको छ।

परराष्ट्र मन्त्रालयले पश्चिम एसियाबाट फर्कन चाहने नेपालीहरूलाई कुनै पनि किसिमको समस्या नरहेको जनाएको छ। नेपाल आउन चाहनेहरूलाई Nepal Airlines र Himalaya Airlines मार्फत नियमित रूपमा स्वदेश फर्काउने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार यदि कतै समस्या देखिए पनि त्यसको छिट्टै समाधान गरिनेछ। साथै, स्वदेश फर्कन चाहने नेपालीहरूको हवाई उडान सहज बनाउन सरकारले विशेष पहल जारी राखेको जनाएको छ।