काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्ष पदबाट डा. प्रकाशचन्द्र लोहनीले दिएको राजीनामा स्वीकृत भएको छ ।
लोहनीले यही चैत ८ गते दिएको राजीनामा आज मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वीकृत गरेका हुन् ।
‘चैत ८ गते निर्देशक समितिको अध्यक्षबाट उहाँ (लोहनी)ले दिनु भएको राजीनामा आज पार्टी अध्यक्षले स्वीकृत गर्नुभयो’ राप्रपा स्रोतले अनलाइनखबरसँग भन्यो ।
लोहनीले गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट स्तब्ध भएको भन्दै तदर्थ समितिमार्फत पार्टी महाधिवेशन गर्नुपर्ने बताएका थिए ।
उनले महाधिवेशनपछि प्राप्त पदमा मात्रै आफू बहाल रहने बताएका थिए ।
पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने पनि उनले राजीनामापत्रमा उल्लेख थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया