काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो। प्रतिभा रावलका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा उनलाई उक्त पदमा नियुक्त गरिएको हो।
विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायत विभिन्न विभागमा रहेर काम गरिसकेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया