काठमाडौँ । काठमाडौंको गौशाला नजिकै पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार राति अपरेसनका क्रममा गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भारतको बिहार घर भएका अनिल कुमार पासवान गोली लागेर घाइते भएका छन्।
उनको घुँडामुनि गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा एसपी रेग्मी नेतृत्वको टोली उक्त क्षेत्रमा पुगेको थियो। प्रहरीसँग जम्काभेट भएपछि भाग्ने प्रयास गरेका कारण गोली प्रहार गरेर नियन्त्रणमा लिनुपरेको जनाइएको छ।
प्रहरीले उनीहरूको साथबाट करिब १ किलोग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया