वृद्धभत्ता पाउने उमेर बढाउने हल्ला असत्य, सरकारले कुनै निर्णय नगरेको स्पष्ट

194 Shares

काठमाडौं — सरकारले वृद्धभत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याइने भन्ने चर्चा सत्य नभएको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयले यस विषयमा हालसम्म कुनै आधिकारिक छलफलसमेत नभएको जनाएको छ।

केही समयअघि ‘सुशासन मार्गचित्र समिति’ले न्यूनतम उमेर ७५ वर्ष बनाउन सिफारिस गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक चर्चा सुरु भएको थियो। तर मन्त्रालयले उक्त सिफारिसमाथि कुनै निर्णय नभएको प्रष्ट्याएको छ।

हालको व्यवस्थाअनुसार एकल महिला र कर्णाली क्षेत्रका ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि तथा अन्य नागरिकले ७० वर्ष पुगेपछि वृद्धभत्ता प्राप्त गर्दै आएका छन्।

वृद्धभत्ता कार्यक्रम आर्थिक वर्ष २०५२/५३ बाट सुरु गरिएको हो। प्रारम्भमा मासिक १०० रुपैयाँ प्रदान गरिँदै आएकोमा हाल यो रकम बढेर मासिक ४ हजार रुपैयाँ पुगेको छ।