ओली पक्राउविरुद्ध चावहिलमा एमालेको प्रदर्शन

148 Shares

काठमाडौँ — नेकपा (एमाले)का कार्यकर्ताहरूले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंको चावहिल क्षेत्रमा सडक प्रदर्शन सुरु गरेका छन्।

सडकमा उत्रिएका कार्यकर्ताहरूले ‘प्रतिशोधपूर्ण राजनीति बन्द गर’ भन्दै चर्को नाराबाजी गरिरहेका छन्। यसैबीच, नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको छ।