भाडा नबढाए आफैं असुल्ने यातायात व्यवसायीको चेतावनी

186 Shares

काठमाडौंमा यातायात व्यवसायीहरूले सरकारले भाडा समायोजन नगरे आफैं बढी भाडा असुल गर्ने चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले बुधबार विज्ञप्ति जारी गर्दै भाडा स्वघोषणा गरेर असुल गर्ने विकल्पमा जान बाध्य हुने चेतावनी दिएको हो।

महासंघका अनुसार यातायात व्यवस्था विभाग ले यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत भाडा बढाउन सिफारिस गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालसम्म निर्णय नगरेको कारण व्यवसायीहरू घाटामा सञ्चालन गर्न बाध्य भएको दाबी गरिएको छ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा सेवा सञ्चालन नै रोक्नुपर्ने वा सिफारिसअनुसार भाडा घोषणा गर्नुपर्ने अवस्था आएको उल्लेख गरिएको छ।

पछिल्लो समय नेपाल आयल निगम ले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएपछि यातायात व्यवसायीहरूले भाडा समायोजनको मागलाई थप तीव्र बनाएका छन्।WhatsApp-Image.jpeg