चितवन–३ मा सोविता गौतमको दोब्बरभन्दा बढी अग्रता

200 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम राखेकी छन्।

पछिल्लो मतपरिणामअनुसार गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल रहेकी छन्। उनले ८ हजार ३७ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजार १३९ मत पाएका छन् भने नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।