झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओलीभन्दा ११ हजारभन्दा बढी मतले अघि

189 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध फराकिलो अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार शाहले १५ हजार १६९ मत प्राप्त गरेका छन् भने ओलीले ३ हजार ३४४ मत पाएका छन्।

हाल शाह र ओलीबीच ११ हजार ८२५ मतको अन्तर रहेको छ। मतगणना जारी छ।