188
Shares
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा अहिलेसम्म १४,०२२ मतगणना सम्पन्न भएको छ।
अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले ६,७०० मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ।
नेकपा (एमाले)की उम्मेदवार अस्मिन घिमिरे ले २,३२९ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसकी मीना खरेल ले २,३२२ मतसहित उहाँलाई पछ्याइरहेकी छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताव गुरुङ ले १,५५७ मत प्राप्त गर्नुभएको छ।
मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया