दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

189 Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक **दुर्गा प्रसाईं**लाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।

**जिल्ला प्रशासन कार्यालय भक्तपुर**ले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। आज बिहान उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनले निर्वाचन नहुने भन्दै विभिन्न सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।