मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

200 Shares

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुर को टोलीले आइतबार बिहानै प्रसाईलाई पक्राउ गरेको हो। उनी अहिले जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएका छन्।

प्रसाईको नेतृत्वमा आइतबार नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो। प्रहरीले जनाएको छ कि उनले पूर्वराजपरिवार सडकमा आउने बताएर उत्तेजक अभिव्यक्ति दिएका थिए। तर, पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको पुष्टि प्रहरीले गरेको छ।