अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

171 Shares

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं ले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको आरोपमा अनुसन्धानका लागि प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो।

नेपाल प्रहरी अन्तर्गत काठमाडौं प्रहरी प्रमुख रमेश थापा ले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति प्राप्त भएको जानकारी दिनुभयो।

प्रहरीले सोमबार बेलुकी प्रसाईंलाई पक्राउ गरेको जनाएको छ।