42
Shares
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य बढोत्तरी भएको छ। सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो भने आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको भाउ आज सामान्य घटेको छ। सोमबार ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया