राष्ट्रिय सभाबाट पर्यटन विधेयक सर्वसम्मत पारित

189 Shares

काठमाडौँ । राष्ट्रिय सभाबाट पर्यटन सम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित भएको छ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयक पारित गरेको हो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो।

यसअघि पर्यटन विधेयक विधायन व्यवस्थापन समितिमा विस्तृत छलफलपछि सभामा पेश गरिएको थियो। समितिमा भएका सुझाव तथा संशोधनहरू समेट्दै विधेयक पारित गरिएको बताइएको छ।

उक्त विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले २०८२ साल वैशाख ५ गते दर्ता गराउनुभएको थियो।