लुम्बिनी प्रदेशमा स्थापना दिवसका अवसरमा आज सार्वजनिक बिदा

207 Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनाअनुसार माघ २१ गते प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा लागू गरिएको हो।

प्रदेश स्थापना दिवसलाई औपचारिक रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।