सुन र चाँदीको भाउ आज घट्यो : कतिमा हुँदैछ कारोबार ?

112 Shares

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ ।

आज सुनको भाउ एकैदिन तोलामा चार हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

गत शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

गत शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ रहेको थियो ।