१७ वर्षमुनिको महिला एशियन कप छनोटमा आज नेपाल र थाइल्यान्ड भिड्दै

100 Shares

काठमाडौं । एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टोली थाइल्यान्डसँग खेल्दैछ ।

यो खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा बेलुका सवा ५ बजे शुरू हुनेछ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।

थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७ गोलले हराएको थियो । समूह ‘एफ’ मा नेपालसँगै तुर्कमेनिस्तान र थाइल्यान्ड रहेका छन् ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एशियन कपमा खेल्न पाउने छ ।