256
Shares
काठमाडौँ । अन्तररास्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बंगलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ ।
बंगलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ ९एन्फा०का प्रवक्ता सुरेश साहले जानकारी दिनुभयो । मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो ।
यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो ।
त्यसअघि शनिबार भएको नेपाल र बगंलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया