407
Shares
धुलिखेल । काभ्रेमा मंगलबार एकै दिन लडेर दुई जनाको ज्यान गएकाे छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलले दिएकाे जानकारी अनुसार नमाेबुद्ध नगरपालिका र बेथानचाेक गाउँपालिकामा गरि दुई जनाकाे लडेर ज्यान गएकाे हाे ।
आज बिहान दूध बेच्न जाँदा बेथानचोक-३ मा लडेका बेथानचोक-५ का ६० वर्षीय सेतेमान भोलनलाई उपचारका लागि काठमाडाैंस्थित ट्रमा सेन्टर लगिएकाेमा उनकाे उपचारकै क्रममा मृत्यु भएकाे हाे ।
यस्तै घाँस लिएर घर फर्कने क्रममा लडेर नमोबुद्ध-७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको पनि आजै मृत्यु भएकाे हाे । उनकाे धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया