भकुण्डेबेसी, काभ्रे । नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा यहाँका पूर्वनगर प्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनासहित तीन जना घाइते भएका छन् ।
शनिबार बिहान ७ः४४ बजे नमोबुद्ध न.पा. २ बिसकिलोस्थित बिपी राजमार्गमा दुर्घटना भएको हो । नार्केबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा बा प्र ०३-०२-००७ प ८८०० नं. को स्कुटर चालक नमोबुद्ध २ बस्ने अन्दाजी वर्ष ४६ का किशोर तिमल्सिना सामान्य घाइते भएका छन् । स्कुटरमा पछाडि सवार उनका बुबा ७२ वर्षीय टंकप्रसाद शर्मा भने गम्भिर घाइते भएका छन् । घाइते दुई जनालाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकाे छ ।
बा ६२ प ३५७८ नं. का स्कुटर चालक जिल्ला दोलखा मेलुङ गा.पा. ०३ घर भई हाल रोशी गा.पा.०८ बस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारका लागि मेथिनकोट अस्पताल पठाइएको छ । ठक्कर दिने चालक र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया